राजनीति



प्युठान, १५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट निर्वाचित प्युठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीविरुद्ध बहुविवाहको मुद्धा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी नरेन्द्र कार्कीले उनकी श्रीमतिले दोश्रो विवाह गरेको भन्दै बहुविवाहको मुद्दा दायर गरेकी हुन । उनकी श्रीमति सीता केसीले आफू हुँदाहुँदै कान्छी श्रीमति विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठान मार्फत जिल्ला अदालतमा बहुविवाहको मुद्दा दर्ता गराएकी हुन् ।

गाउँपालिका अध्यक्ष गिरि प्रहरीको सम्पर्क बाहिर रहेको बताइएको छ ।