अर्थ

ठूला होटेलमा नेपाली रैथाने खानाको मेनु अनिवार्य



काठमाडौँ, १५ भदौ । ठूला होटेलले आफ्नो मेनुमा नेपाली परिकार अनिवार्य राख्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली मौलिक खानाहरुको प्रचारप्रसार गर्न हरेक चारतारे र पाँचतारे होटेलले नेपाली खानाको छुट्टै स्थल हुनुपर्ने गरी होटेल मापदण्ड तोक्ने बताएका थिए ।

अहिले तारे होटेलहरुमा इटाली, फ्रान्स, टर्की, चिनियाँ, भारतीय, थाइ, मलेसियन, जापानिज, कोरियन खानाको बढी चल्ती रहेको छ । नेपाली परिकार भने क्रमशः लोप हुने क्रममा छ ।