राजनीति

वडाध्यक्षका छोरा छात्रावासबाट तीन दिनदेखि बेपत्ता



काठमाडौँ, १६ भदौ । वीरगञ्जको पावर हाउस चोक नजिक रहेको नीजि विद्यालय जिएचपी स्कुलको होस्टेलबाट एक जना १३ बर्षीय बालक अमित कुमार चौरसिया तीन दिनदेखि बेपत्ता भएका छन् । अमित, पर्साको कालिकामाई गाउँपालिका–२ का वडा अध्यक्ष भेडिहारी घर भएका सोनालाल चौरसियाको कान्छो छोरा हुन् ।

चौरसिया परिवार वीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोल बस्दै आएको छ। उनीहरुले अमितलाई गत वैशाखदेखि जिएचपी स्कुलको होस्टलमा राखेका थिए । सो स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत अमित बिहीबारदेखि बेपत्ता भएको उनका काका पन्नालाल चौरसियाले बताए ।

अमित सम्पर्कबिहीन भएपछि अभिभावक चिन्तित भएका छन्। तीन दिन बितिसक्दा पनि कुनै सुइँको नपाएको बालकका पन्नालालले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।