Banner News

प्रधानमन्त्री ओली भन्नुभयो म शुक्रवार स्वदेश फर्किन्छु



काठमाडौं,१६ भदौ। सिंगापुरमा उपचार्थ प्रधानमन्त्री केपी शर्मा ओली बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किने हुनुभएको छ । नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग आइतवार  साँझ टेलिफोन बार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो कुराको जानकारी दिनुभएको हो ।

नेता नेम्वाङलाई प्रधानमन्त्री ओलीले आफू ठीकठाक रहेको भन्दै कुनै चिन्ता नलिनसमेत आग्रह गर्नुभएको छ । गत भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । आगामी बुधवार सो उपचार सकिने जानकारी चिकित्सकले यसअघि नै दिइसकेका छन । चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उपचार प्रभावकारी रुपमा सफल भएको छ ।

प्रधानमन्त्री ओलीले संसदीय काम कारवाही र विधेयकहरुको विषयमा जानकारी लिन नेम्वाङलाई फोन गर्नुभएको थियो । ‘उहाँले हिँजो साँझ आफैंले मलाई फोन गर्नुभएको थियो । मैले उहाँलाई कस्तो छ भनेर सोध्दा आफू एकदम ठीक छु र यसअघिको निर्धारित कार्यक्रम अनुसार नै भदौ २० गते फर्किन्छु भन्नुभएको छ ।