राजनीति

गैरआवसीय नेपाली संघको सचिब पदमा आर के शर्माको उम्मेदवारी घोषणा



कतार, १७ भदौ । गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नबौ महाधिबेशनको संघारमा तिब्र रुपमा माहोल तातिरहेको बेला मध्यपुर्व संयोजक आर के शर्मा ९राजेन्द्र कुमार शर्मा०ले सचिब पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

एनआरएनएएनसीसी कतारको सल्लाहकार, आइसीसी सदस्य हुदै मध्यपूर्व संयोजकको नेत्तृत्व गरेका शर्माले ९२०१९–०२१० कार्यकालका लागि सचिब पदको उम्मेदवारी घोषणा गर्दै मध्यपूर्वमा रहेका नेपालीहरु नेत्तृत्व गदै उम्मेदवारी दिने बताउनुभयो ।

मध्यपूर्व संयोजक हुदाँ प्राय सबै देशहरुमा पुगेर श्रमिक नेपालीको समस्या लाई लिएर सम्बन्धित निकायमा पुगेर समस्याहरु लाई समाधान गर्दै आइरहेका शर्मा बैदेशिक रोजगारीमा आउने श्रमिक नेपालीहरुको पक्षमा पहिलो प्राथमिकतामा राख्दै काम गरिरहनुभएको छ । स्वास्थ सुरक्षा तथा सचेतना कार्यक्रमदेखि घरेलु कामदारको रुपमा आउने महिलाहरुले झेल्नु परेको समस्याहरुलाई निराकरणदेखि दुताबासबाटै श्रम स्वकृति दिलाउने सम्मका कार्यहरुलाई जोड दिनुभएको छ ।

मध्यपूर्बबाट लगानी तथा पर्यटन नेपाल भित्र्याउन पहल गर्दै आएका शर्मा सम्पूर्ण एनआरएनका अभियान्तहरुले समेत साथ दिनेमा विस्वस्त रहेको बताउनुभयो । कतार लगायत विभिन्न देशहरुमा सफल ब्यावसाय गर्दै आईरहेका शर्मा मध्यपूर्वका खाडी राष्ट्रहरुमा श्रमिक नेपालीहरुको माझमा निकै लोकप्रिय समेत रहनुभएको छ ।

एनआरएनको अभियानमा उहाँको उम्मेदवारीसँगै अर्थपूर्ण रुपमा समेत हेरिएको छ । गैरआसीय नेपाली संघको विश्व सम्मेलन आउदो महिनाको अक्टोबर १५ देखि १७ सम्म काठमाडौँमा हुने भएको छ ।