काठमाडौँ, १७ भदौ । नेपाली महिलाको महान् पर्व हरितालिका (तीज)का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गरेकी राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गर्नुभएको हो । पूजा एवं दर्शनपछि उहाँलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइदिनुभएको थियो ।
मन्दिर प्राङ्गणमा राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा, सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारी, मन्दिरमा दर्शनका लागि उपस्थित भक्तजनलगायतले स्वागत गर्नुभएको थियो ।
आज पशुपतिनाथ मन्दिरका चारै ढोका दर्शनका लागि खुला राखिएको थियो ।










प्रतिक्रिया दिनुहोस्