विश्व

गोली हानी पत्रकारको हत्या



एजेन्सी, १७ भदौ । मध्यअमेरिकी मुलुक होन्डुरसमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

मानव अधिकार समूहहरुका अनुसार शनिबार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको छ ।

होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा अज्ञात समूहले गोली हानी हत्या गरिएको जनाएको छ ।

स्थानीय संचार माध्यमका अनुसार अगुलारलाई अज्ञात व्यक्तिहरुले हत्या गर्ने पटकपटक धम्की दिएका थिए । होन्डुरस र मेक्सिको दुबै मुलुक पत्रकारहरुका लागि सर्वाधिक खतरनाक र असुरक्षित मानिन्छन् ।