विश्व

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा



एजेन्सी, १७ भदौ । जर्जियाका प्रधानमन्त्री ममुका बाख्ताजले राजीनामाको घोषणा गर्नुभएको छ ।

संसद्ले सरकार ढलाउने निश्चित देखेपछि उहाँले सोमबार राजीनामाको घोषणा गर्नुभएको समाचारमा उल्लेख गरिएको छ । विकासको प्रारुप बनाइरहेकै बेला आफूले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभएको छ ।