Banner News

दोस्रो पटकःप्रधानमन्त्री ओली र मन्त्रीबीच भिडियो कन्फरेन्स



काठमाडौँ, १७ भदौ । सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् ।

आज भएको उक्त भिडियो कन्फरेन्स बैठकमा आआफ्नो मन्त्रालयमा भएका काम कारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको स्रोतले जनाएको छ ।मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत प्रधानमन्त्रीले चासो राखेका छन् ।