अर्थ

एनआईसी र ग्लोबल की टेक्नोलोजिज बीच सम्झौता



काठमाडौँ, १८ भदौ । एन आई सी एशिया बैंक र ग्लोबल कि टेक्नोलेजिज बीच क्यास ब्याकको सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष श्री किसन राईज्यूले हस्ताक्षर गरेका छन् ।

रिचार्जर एपबाट एन आई सी एशियाको मोबाइल बैंक प्रयोग गरी क्युआर मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १० प्रतिशत क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको हो ।

रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन मोबाइल फोन किन्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक क्युआर मार्फत् भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिने छ । अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा भने ५ प्रतिशत मात्र क्यास ब्याक प्राप्त गर्न सकिने छ ।