काठमाडौँ, १८ भदौ । नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै जापानको ओसाका उडान भर्ने भएको छ ।
भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो ।
निगमले अव सातामा मङगलबार र शनिबार मात्र उडान गर्नेछ । यसअघि सातामा तीन दिन मङलबार, आइतबार र शनिबार उडान गर्ने कार्यतालिका थियो ।










प्रतिक्रिया दिनुहोस्