विश्व

श्रीमती जेल बाहिर आएपछि श्रीमानद्वारा गोली हानी हत्या



एजेन्सी, १९ भदौ । इराकको कुर्दिस्तानमा एक श्रीमतीलाई अदालतले अफेयरका कारण जेलको सजाय सुनाएको थियो । जेलबाट निस्किएपछि श्रीमानले गोली हानी हत्या गरेका छन् ।

इन्डिपेन्डेन्ट डट को डट युकेको रिपोर्ट अनुसार महिलाको डेढ वर्षको जेल सजाय पूरा भएपछि जोडीबीच सम्बन्धविच्छेदको मुद्दा चलिरहेको थियो । आइतबार सम्बन्धविच्छेदको सुनुवाईपछि अदालत परिसर बाहिर श्रीमानले श्रीमतीको गोली हानी हत्या गरेका हुन् ।

इरबिल अदालत बाहिर कार पार्किङमा श्रीमानले ६ पटक गोली चलाएको बताइन्छ । इरबिल पुलिसका प्रमुख अब्दुल खालिक तलातले कुर्दिस्तान २४ सँगको कुराकानीमा आरोपीलाई घटनास्थलबाटै पक्राउ गरिएको जानकारी दिए । उनीमाथि हत्याको आरोप दर्ता गरिएको जानकारीमा उल्लेख छ ।

पुलिसका अनुसार सुरुवाती अनुसन्धानबाट यी दुईबीच सन् २०१८ देखि नै समस्या सुरु भएको हो । इरानी र कुर्दिश महिलासँग सम्बन्धित एक संस्थाले यसलाई अनर किलिंग बताएको छ ।