राजनीति

मन्त्री ज्ञवाली स्वदेश फिर्ता



काठमाडौँ, १९ भदौ । चौंथो हिन्द महासागर सम्मेलनमा भाग लिन माल्दिभ्स पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज स्वदेश फिर्ता भएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले सम्मेलनका दौरानमा माल्दिभ्स, सिगांपुर, मौरिसस र भियतनामका परराष्ट्र मन्त्रीहरुसँग समेत भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्तामा वहुपक्षिय विषयहरुमा छलफल भएको र यसले ती देशहरुसँगको सम्बन्धमा थप उर्जा थप्ने विश्वास उनले व्यक्त गरेका छन ।