समाचार

हतियार र सुनका गहनासहित ३ जना पक्राउ



धनगढी, १९ भदौ । धनगढीमा हतियार र सुनका गहनासहित तीनजना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना, र मटियारीकी कमल विक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोसहित जिल्ला प्रहरी कार्यालय कैलालीको टोलिले धनगढी उप-महानगरपालिका-३ चटकपुरको एक घरबाट चार थान पेस्तोल, सुनका गहनासहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुबाट चार थान पेस्तोल, सुनका गहना, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेका ती व्यक्तिको विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताएको छ ।