प्रहरी र विद्यालयको साझेदारीमाःविद्यार्थीहरुलाई साइबर क्राइम सम्बन्धी अभिमुखिकरण
भक्तपुर १९ भदौ। विद्यार्थीहरुलाई समयोपयोगी एवं व्यवहारिक शिक्षा प्रदान गर्दै आएको मदरल्याण्ड स्कूलका विद्यार्थीहरुलाई मानव बेचबिखन एवं लागु औषध तथा साइबर क्राइम सम्बन्धी अभिमुखिकरण दिइएको छ ।
सूर्यविनायक नगरपालिका–९ का वडाध्यक्ष उपेन्द्रराज केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महानगरीय प्रहरी वृत्त जगाति भक्तपुरका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले मानव बेचबिखन एवं लागु औषध तथा साइबर क्राइम सम्बन्धी प्रशिक्षण दिएका थिए ।
प्रनाउ जोशीले प्रशिक्षणका क्रममा पहिलो नम्बरमा लागु औषध, दोस्रोमा हातहतियार र तेस्रो नम्बरमा मानब बेचबिखन अपराधले विश्वलाई नै आतंकित बनाइरहेकोले यसलाई न्युनिकरण गर्न हामी सबै सचेत हुन आवश्यक रहेको बताए ।
मदरल्याण्ड स्कुलका प्रिन्सिपल संजय खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा जोशीले अनेक थरी प्रलोभन देखाइ बेचबिखनमा सक्रिय रहेकाहरुको संजाल नै भएको हुनाले सबै सजग रहे यस्ता अपराध न्युनिकरण हुने धारणा राख्दै विद्यार्थीहरुले अभिमुखिकरणबाट पाएको ज्ञानलाई आफ्ना घर, समाजमा समेत बाँड्न आग्रह गरे ।
यस्तै प्रमुख अतिथि सूर्यविनायक नगरपालिका–९ का वडाध्यक्ष उपेन्द्रराज केसीले यस किसिमका कार्यक्रम प्रत्येक विद्यालयमा आवश्यक रहेको बताए ।
मदरल्याण्ड स्कुलले समय समयमा विद्यार्थी तथा अभिभावकलाई जीवनोपयोगी शिक्षा दिने उद्देश्यले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्