काठमाडौँ, २० भदौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले अब कसैले पनि जमिन लुकाउन नसक्ने गरी सरकारले सिस्टमको विकास गरेको बताएकी छन् ।
सहकारी पत्रकार समाजको नवांै स्थापना दिवसको अवसरमा बेल्दै मन्त्री अर्यालले एउटा नागरिकताको आधारमा मुलुकभर उसको जमिन कति छ भन्ने सिस्टमबाट थाहा हुने बनाइएको बताएकी छन ।
उनले भनिन, ‘भूमि खालि भएर देश समृद्ध हुदैन यसका लागि जमिन एकीकरण गरेर कागतीको पकेट एरिया बनाउँछौ । सहकारीलाई उत्पादनशिल क्षेत्रमा जाने बनाउँछौं ।’
सरकारले भुमिहिन सुकुम्बासीको व्यवस्थापन गर्ने बताउँदै उनले भनिन, ‘प्रत्येक स्थानीय तहमा भुमि बैंक राख्ने, विउविजन उपलब्ध गराउने, व्यक्तिको नीजि जग्गा सरकारले समझदारीमै लिजमा लगाइदिने जस्ता राम्रा काम अब सरकारले गर्दैछ । भूमि भनेको नीजि हो यसमा जबर्जस्ती नगरी सम्बन्धित भूमिधनीलाई सम्झाएर जाने हो र जमिनको राष्ट्रियकरण सम्भव छैन ।’










प्रतिक्रिया दिनुहोस्