काठमाडौँ, २० भदौ । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकले लिएको दिगो विकासको लक्ष्य पूरा गर्न जिम्मेबार नीजि क्षेत्रको उदार र विवेकपूर्ण सहयोग आवश्यक रहेको बताएका छन ।
काठमाडौँमा नेसनल विजनेश इनिसियटिभ (एनबीआई)ले आयोजना गरेको तेस्रो रेस्पोन्सिवल जिनेस समिटको उद्घाटन गर्दै कार्यबाहक प्रधानमन्त्री पोखरेलले मुलुकले लिएको दिगो विकासको लक्ष्य पूरा गर्न नीजि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।
मुलुकको आर्थिक सामाजिक विकासका लागि सरकारले लगानीमैत्री वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्दै उनले दिगो विकास लक्ष्य केन्द्रित राष्ट्रिय महत्व र अन्तराष्ट्रिय चासोका विषय सम्मेलनमा छलफल गराउनु अत्यन्त राम्रो पक्ष भएको बताए ।










प्रतिक्रिया दिनुहोस्