काठमाडौँ, २० भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण मन्त्री विष्टले श्रमिकको रूपमा विदेश जाने नेपाली नागरिकका हक, अधिकार एवम् सुरक्षाको विषयमा अधिकतम ध्यान दिनुपर्नेमा आफू प्रतिवद्ध रहेको र नेपाली श्रमिकहरूको हित विपरित हुनेगरी कुनै सम्झौता नगरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बिहीबार सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकमा मन्त्री विष्टले न्यूनतम पारिश्रमिक लागू भए, नभएको विषयमा सघन अनुगमन गरिनुपर्ने बताउनुभएको हो ।
उहाँले उद्योगहरुमा न्यूनतम पारिश्रमिक लागू भए, नभएको विषयमा अनुगमन गरिने बताउनुभयो । विष्टले महिला र पुरूषबीच ज्यालामा देखिने पारिश्रमिक सम्बन्धी विभेद अन्त्य गर्न गम्भीरताका साथ लाग्नुपर्ने बताउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्