समाचार

चोरी, अपराध न्यूनिकरणको लागि जनचेतनामूलक र्याली



भक्तपुर, २० भदौ । महानगरीय प्रहरी वृत्त ठिमीका प्रमूख डिएसपी शान्तिराज कोईरालाको नेतृत्वमा चोरी, अपराध नियन्त्रण एवं न्यूनिकरणको लागि २०७६ भाद्र ३ गते देखि वृत्तको क्षेत्रभित्र पर्ने नगरपालिकाहरुका विभिन्न वडाहरुमा विशेष अभियानको शुभारम्भ गरिएको छ ।

समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विभिन्न स्थानमा घट्न सक्ने चोरी, अपराध नियन्त्रण एवं न्यूनिकरण लागि पर्चा, पम्प्लेट, अडियो, भिडियो दृश्य सहित चाँगुनारायण वडा नं २ वडा समेतको आयोजनामा ४ सय भन्दा बढी स्थानीयहरुको जनसहभागीताका विच विशेष जनचेतनामूलक र्याली सम्पन्न गरेको सोहि वडाका वडाध्यक्ष शिवहरि केसीले बताउनु भएको छ ।

सो र्यालीमा स्थानिय जनप्रतिनिधिहरु, दुवाकोट, पातञ्जल योग समिति नेपाल, नेपाल रेडक्रस सोसाईटी, फसिन्टार विकास समाज, फैटोका गणेश मन्दिर व्यवस्थापन समिति, गाँबु टोल सुधार समिति, प्राज्ञटोल सुधार समिति, हाम्रो गौरव हाम्रो रामेछाप समिति, सहयात्री वचत तथा ऋण सहकारी, गोल्डेल सुनगाभा बोर्डिङ्ग स्कूल लगायत झण्डै ढेड दर्जन संघ संस्थाहरुका प्रतिनिधि एवं स्थानीयहरुको सहभागीता रहेको स्थानीय प्रतिनिधि सोम प्रसाद प्रधानले बताउनु भयो ।

हर प्रहर, गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ देशव्यापीरुपमा नेपाल सरकार बाट २०७५ कार्तिक ११ गते देखि थालनी गरिएको समुदाय प्रहरी साझेदारी कार्यक्रमले भक्तपुर भित्र सुरक्षाको स्थितिमा धेरै उल्लेखनिय सुधार भएको ठिमी वृत्तका प्रमुख शान्तीराज कोईराला बताउनु हुन्छ ।

समुदाय प्रहरी साझेदारी भनेकै समुदाय सँग मिलेर शान्तिसुरक्षा कायम गर्ने एवं चोरी, अपराध न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान भएको उल्लेख गर्दै स्थानीय निकाय, संघसंस्थाहरु, आम उपभोक्ताहरुबाट शन्तिसुरक्षाका विषयका सूचनाहरु जब सम्म हामी सम्म आउदैन र त्यसमा साझेदारी हुँदैन तबसम्म प्रहरीको एक्लो प्रयासले मात्र सबै कुरा समाधान गर्न गाह्रो हुने डिएसपी कोईराला बताउनु हुन्छ ।

यो अभियानले लागु औषध, साईवर क्राईम, चोरी लुटपाट, लैगिक हिंसा विरुद्ध लगायतका अभियानहरुमा धेरै सफलता प्राप्त भएको डिएसपी कोईरालाको स्पष्ट धारणा छ ठिमी वृत्त क्षेत्रभित्र पर्ने विभिन्न नगरपालिका भित्रका आधाजसो वडाहरुमा जनचेतनामूलका र्याली सम्पन्न गरिसकेको र बाँकी वडाहरुमा पनि तदारुकताका साथ गरिने प्रहरी निरिक्षक राजीव गिरीले बताउनु भएको छ ।