काठमाडौँ, २० भदौ । भूमि आयोगले अतिक्रमित सरकारी, सार्वजनिक तथा गुठी जग्गाको रेकर्ड खोज्ने प्रक्रिया अघि बढाएको छ ।
आयोगकी सदस्य दुर्गा दाहालले हालसम्म त्यस्ता जग्गाको रेकर्ड नभएकाले खोज्ने प्रक्रिया थालिएको बताइन् । त्यसका लागि गैरकानुनी ढंगबाट व्यक्तिका नाममा हडपिएका सरकारी जग्गाको मिसिल, लिखत तथा अन्य प्रमाण खोज्ने कार्य भइरहेको उनको भनाइ छ ।
अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारको स्वामित्वमा ल्याउने अधिकारसमेत आयोगलाई दिइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्