समाचार

आजको मौसम



काठमाडौँ, २० भदौ । शुक्रबार बिहान काठमाडौँ उपत्यकासहित मध्य र पश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।

यस्तै, भारतको ओडिशा र पश्चिम बंगाल आसपासमा न्यूनचापीय रेखा बनेकाले केही ठाउँमा सामान्य र केही ठाउँमा मध्यमदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकासहित देशैभर पानी पर्ने क्रम केहीबेरमा रोकिने र दिउँसो घाम लाग्ने सम्भावना रहेको बताइएको छ ।

शुक्रबार राति पनि देशभर नै आशिंकदेखि सामान्य बद्ली हुने र चट्याङसहित पानी पर्ने सम्भावना छ ।