समाचार

विप्लव समूहद्वारा दुई शैक्षिक संस्थामा बम विस्फोट



सुनसरी, २० भदौ । सुनसरीका दुई शैक्षिक संस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विस्फोट गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसार इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम विस्फोट गराएको जनाएको छ ।

सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा विष्फोट गराइएको हो । उकर घटनाबारे थप अनुसन्धान भइरहेको र विस्फोटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।