Banner News

धेरै धन कमाउन खोज्दा दुर्घटना हुन सक्छ, दिगो तरिकाले काम गर्नुस्, : अध्यक्ष दाहाल



काठमाडौँ, २१ भदौ । सत्तारूढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायका लागि राज्यले राम्रो वातावरण बनाइदिनुपर्छ भन्नेमा दुईमत नभएको बताएका छन ।

काठमाडौँमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४१ औं साधारणसभा तथा चुनावलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, एकैपटक धेरै धन कमाउन खोज्दा दुर्घटनाबाहेक केही नहुने भन्दै सचेत गराए । ‘दिगो तरिकाले काम गर्नुस् ।’

दाहालले विश्वभर नेपालको कस्तो छवि बनाउने भन्ने पर्यटन व्यवसायीको हातमा रहेको बताएउदै उनले नेपालीहरु बहादुर, इमान्दार र महेनती छन् भन्ने छवि रहेको बताए ।

तर यदाकदा विकृति देखिन थालेको भन्दै उनले भने, अतिथि देवो भवः मन्त्र त भन्छौं, तर कहिलेकाहीँ अतिथि दुहुने गाई हो भने जसरी भएभरको एकैपटक दुहुन खोज्ने घटनाहरु सुनिन आएका छन् ।