राजनीति

मानव बेचविखन नियन्त्रणका लागि सरकारले गम्भिरतापूर्वक काम गरिरहेको छ : मन्त्री थापा



काठमाडौँ, २१ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराध नियन्त्रणका लागि सरकारले गम्भिरतापूर्वक काम गरिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्ता जघन्य घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको दावी गरेका छन ।

गृहमन्त्री थापाले नेपालको संविधानले सबै प्रकारका शोषणविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेर, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुन निर्माण गरेर, महिला हिंसाविरुद्ध हुने सबै प्रकारका अपराध नियन्त्रणका लागि प्रहरीलगायतका राज्यका सबै निकायलाई परिचालन गरेर मानव बेचविखन तथा ओसारपसार हुन नदिने काम गरिरहेको पनि बताए ।