समाचार

३५ किलो गाँजासहित तीनजना पक्राउ



काठमाडौँ, २१ भदौ । अबैध लागुऔषध ३५ किलो गाँजासहित तीन युवक पक्राउ परेका छन् ।

शुक्रबार बिआर११एफ३२५७ नम्बरको भारतीय जिपमा नेपाली मे१च२२३३ नम्बर राखेर बेलका नगरपालिका-५ शिखरमाडीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको अवस्थामा धरान उपमहानगरपालिका-८ बरगाछीका २८ वर्षीय योजेन्द्र गजमेर, वडा नम्बर १५ श्यामचोकका ३१ वर्षीय धर्मराज श्रेष्ठ र वडा नम्बर ३ पिण्डेश्वरका २७ वर्षीय विनोद सुनार पक्राउ परेका हुन ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।