काठमाडौँ, २३ भदौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट समाजवादको नयाँ झण्डा फहराएरै छाडिने दृढता व्यक्त गरेका छन ।
आइतबार डिपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’को सार्वजनिकीरण समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले आफु जिवित छंदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन ।
उनले भने ‘नेपालबाट समाजवादको नयाँ अध्याय शुरु भएरै छाड्ने छ । हामी कुनै पनि हालतमा केही न केही नयाँ मोडल स्थापित गरेरै छाड्नेछौँ । त्यसमा कुनै पनि तलमाथि हुने छैन ।, ‘नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने ग्रेट डिबेटमा हामी छौं । अन्य देशले अबलम्बन गरेका मोडल हामी सजिलै भन्न छक्छौं । तर हामीले २१ औं शताब्दीमा कस्तो मोडल प्रस्तुत गर्ने भन्ने कुराको बहसमा हामी छौं । हामी दलाल पूँजी र नोकरशाही पूँजीवादका अघि आत्मसर्मपण गर्छौ वा समाजवादी कित्ता बनाउछौं ?’
सङ्घ, प्रदेश र स्थानीय तहमा समेत नेकपाको ठूलो जनमतसहितको सरकारले केही गर्न सकेन भनेर निराश नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले भने, ‘म सबैलाई आग्रह गर्न चाहन्छु । एक डेढ वर्षमा केही भएन भनेर कुनै चिन्तित हुनु पर्दैन । यत्रो विशाल जनमत भएको पार्टीले नेपाली जनताको अपेक्षाअनुसार नै काम गर्छ । जनताको चाहनालार्ई सम्बोधन गर्दै समाजवादको नयाँ आधार स्थापित गरेरै छाड्छ ।’










प्रतिक्रिया दिनुहोस्