समाचार

दसैँको टीकाको साइत सार्वजनिक



काठमाडौँ, २३ भदौ । यस वर्षको दसैँको टीकाको साइत नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको छ।

समितिले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ ।  १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत  रहेको भने मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको समितिले जनाएको छ ।