समाचार

तीन सवारी साधन आपसमा ठोक्किँदा २१ जना घाइते



धादिङ्ग, २३ भदौ । धादिङ्गमा यात्रुबहक बस सहित तीन वटा सवारी साधन एक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।

आइतबार धुनिबेशी नगरपालिका–६ धार्केमा चितवनबाट काठमाडौं आउँदै गरेको ना ६ ख १७३७ नम्बरको मकालु यातायातको बसले ओभरट्याक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको बा २७७३ नम्बरको कारलाई ठक्कर दिई सोहि दिशाबाट आईरहेको ना १ क २१७४ नम्बरको ट्रकमा समेत ठोक्किन पुग्दा दुर्घटना भ्येको हो ।

इलाका प्रहरी कार्यालय खानिखोला अनुसार उक्त दुर्घटनामा बस चालक र ट्रक चालक सहित २१ जना घाइते भएका छन् । घाइते सबैको धार्के स्थित शिवदर्शन अस्पतालमा उपचार भईरहेको जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।