काठमाडौँ, २३ भदौ । कोटेश्वरका व्यवसायीहरुको छाता संगठन कोटेश्वर व्यवसायी संघले आइतबार कोटेश्वर चोक र आसपासका क्षेत्रको सरसफाई गर्यो ।

काठमाडौं क्षेत्र नं २ का संघीय सांसद एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित संघका पदाधिकारीहरुको सहभागितामा सो सरसफाई कार्यक्रम भएको थियो ।

सरसफाई कार्यक्रममा शसस्त्र प्रहरी उपरिक्षक नइन्द्रविक्रम नेम्वांग, सरसफाई यभियन्ता केपि खनाललगायत संघका अध्यक्ष सरोज थापा, उपाध्यक्ष विकास श्रेष्ठ सहित संघका २१ जना पदाधिकारी तथा ५० भन्दा बढी सदस्यहरुको सहभागिता थियो ।

टोलीले कोटेश्वरचोकस्थित प्रहरी प्रभागको हाता बाहिर रहेको नाली र थोत्रा मोटरसाइकल हटाएर ठुलोमात्रामा फोहोर संकलन गरेको थियो । सरसफाईपछि संघले प्रभाग अगाडि १० वटा फूलसहितको गमला राख्नुको साथै प्रहरी प्रभागको उत्तरतर्फको पर्खालमा भगवानका चित्र अंकित टायल टाँसेर फोहोर नगर्न सर्वसाधारणलाई सचेत गराएको छ ।

फोहोरका कारण महामारीको रुपमा डेंगु फैलिन थालेपछि संघले कोटेश्वरका विभिन्न ठाउँको सरसफाई गरेको संघका उपाध्यक्ष विकास श्रेष्ठले बताए ।










प्रतिक्रिया दिनुहोस्