काठमाडौँ, २६ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विज्ञान र प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको बताएका छ
काठमाडौँमा ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरुमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका हुन ।
मन्त्री बास्कोटाले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको बताउदै विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको समेत बताए ।
उनले विद्युतीय प्रविधिको प्रयोगबाट सबै स्थानीय तहमा आर्थिक कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा पनि सरकारले आवश्यक पहल गरिरहेको बताए ।










प्रतिक्रिया दिनुहोस्