राजनीति

विप्लवका जिल्ला सेक्रेटरी पक्राउ



 

पाँचथर, २६ भदौ । विप्लव नेतृत्वकाे नेकपाका पाँचथर जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द नेतृत्वका जिल्ला सेक्रेटरी विजय नेम्बाङलाई फिदिम नगरपालिका–१४ को लुङरुप्पाबाट पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

नेम्बाङलाई विगतमा स्थानीय तहका प्रमुख, उद्योगी, व्यावसायी, ठेकेदार, गैरसरकारी संघसंस्था लगायत विभिन्न व्यक्तिहरुलाई फोन गरेर चन्दा मागेको र धम्की दिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका नेम्बाङमाथि थप अनुसन्धान थालिएको पाँचथर प्रहरीले जनाएको छ ।