काठमाडौँ, २६ भदौ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेल बीच शिष्टचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले भेटवार्ता गरेको हो ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउदै दुई देशको सम्बन्ध, सहकार्य र अनुभव आदान(प्रदानका लागि दुई देशबीच उच्चस्तरीय भ्रमण जरुरी रहेको बताए ।
सो अवसरमा तिमिल्सिनाले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले उल्लेख्य संख्यामा आयरल्याण्डका पर्यटकलाई नेपाल भ्रमण गर्न सभामुखमार्फत आग्रह गरेका छन ।
भेटमा आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले नेपालको संसदको निमन्त्रणामा न्यानो आतिथ्यताका साथ भ्रमण गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले आइरल्याण्डमा रहेका नेपाली नागरिकको सक्रियता र प्रेरणाका कारण नेपाल भ्रमणमा आएको बताए ।
उनले आयरल्याण्ड सानो मुलुक भएपनि युरोपियन युनियनमा सक्रिय रहेकाले नेपाली जहाजलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्