समाचार

सर्पले टोकेर एक महिलाको मृत्यु



महोत्तरी, २७ भदौ   महोत्तरीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ ।

बिहीबार राति भंगहा नगरपालिका-५ मा आफ्नै घरमा काम गरिरहेकी उर्मिलादेवी सरदारको मृत्यु भएको हो ।

सर्पले डसेपछि परिवारजनले उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताए ।

मृतक महिलाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र आज शव परीक्षण गरिसकेपछि परिवारजनलाई बुझाइने प्रहरीले जनाइएको छ ।