समाचार

पहिरोमा पुरिएर आमा-छोराको मृत्यु :चार बेपत्ता



रोल्पा, २७ भदौ । रोल्पामा पहिरोले पुरिएर आमा-छोराको ज्यान गएको छ भने चार जना बेपत्ता भएका छन् ।

गएराति आएको पहिरोमा परेर थबाङ गाउँपालिका-२ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । बेपत्ता भएका भनिएका चारै जनाको विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।

वर्षा अझै नरोकिएको र लेदो माटोका कारण उद्धारमा कठिनाई भइरहेको बताइएको छ ।