पर्सा, २८ भदौ । वीरगन्ज महानगरपालिका(३१ को ग्रामीण क्षेत्रमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय वेल्वा, प्रसौनीका प्रधानाध्यापक, सहायक प्रधानाध्यापकसहित ६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले एक लाख घुस लिँदा लिँदै पक्राउ गरेको छ ।
उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरेको हो । करारमा विद्यालयमा शिक्षक भर्ना गर्न १ लाख रकम खुस लिँदै गर्दा वीरगन्ज महानगरपालिका(८ लिंकरोड पछाडि गल्लीमा रहेको चिया दोकानबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय वेल्वा प्रसौनीका प्रअ सचिन्द्र कुमार कापर, सहायक प्रअ मनिर मियाँ, शिक्षक सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय जन्मिल मियाँ र इलियास मिया रहेका छन् ।
विद्यालय व्यवस्थापन समिति सदस्य सकिना खातुनका श्रीमान् नजमुद्दीन देवान पनि श्रीमतीको प्रतिनीधित्व गर्दै करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै खुस रकम बुझ्न आउने टोलीमा सहभागी भएको फेला परेको अख्तियारले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्