विश्व

फिलिपिन्समा २ सय ७७ जना चिनियाँ नागरिक पक्राउ



काठमाडौँ, २८ भदौ । फिलिपिन्समा अनलाइन मार्फत ठगी गरेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको फिलिपिनी अधिकारीहरुले जनाएको छ ।

अध्यागमन आयुक्त जेम मोरेन्टेले मनिला महानगरको पासिग नगर क्षेत्रबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरु मनिलास्थित चिनियाँ राजदूतावासको सूचनाका आधारमा पक्राउ परेको पनि मोरेन्टेले बताए ।

चिनियाँ दूतावासका अनुसार पक्राउ परेका व्यक्तिहरुबाट चीनमा एक हजारभन्दा बढी व्यक्ति पीडित भएका छन् । मोरेन्टेले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा प्रारम्भमा छानबिनका लागि शंकास्पद चार जना चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिइएको उल्लेख छ ।