समाचार

डान्सबारमा आगलागी



काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिका-२६ सात घुम्तीस्थित एक डान्सबारमा आगलागी भएको छ ।

शुक्रबार विद्युत् चुहिएर रञ्जन न्यौपानेको डान्सबारमा आगलागी भएको हो ।

आगलागीबाट डान्सबारको दुई लाख ३५ हजार रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।