काठमाडौँ, २९ भदौ । भारतको पंजाब राज्यस्थित भटिन्डा सहर पुगेका दुई नेपालीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।
बिहीबार राति अर्घाखाँची जिल्ला पाणिनी गाविस ३ का ३५ वर्षीय किशन बहादुर र सितगंगा नगरपालिकाका ३२ वर्षीय विष्णु बहादुर मोटरसाइकलमा भटिण्डाबाट मण्डी चौपायातर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका थिए ।
करीब १० बजेतिर भएको दुर्घटनामा परेका उनीहरुको स्थानिय सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अखिल भारतीय नेपाली एकता मञ्चका पंजाब सदस्य गोपाल रेश्मीले जानकारी दिएका छन ।
दुर्घटनापछि स्थानीय ‘जनसेवा सारा’भन्ने एक संस्थाका स्वंयसेवीहरुले उनीहरुलाई अस्पताल पुर्याएका थिए । उनीहरूको शव अहिले स्थानीय अस्पतालमै राखिएको छ । आफन्त आएपछि मात्रै पोष्टमार्टम गर्ने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्