काठमाडौँ, २९ भदौ । आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ४ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्