समाचार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



चितवन, २९ भदौ । चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्  ।

शनिबार राति राप्ती नगरपालिका-४ मार्तल पुलमा  युपी २१ सीएन ३१८८ जी नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १२ प ४९०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राप्ती नगरपालिका-६ का २५ वर्षीय सरोज तामाङको मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार राप्ती नगरपालिका-१ का १४ वर्षीय उत्सव श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।