समाचार

दशैंदेखि छठसम्म हवाई भाडामा १० प्रतिशत छुट



काठमाडौँ, ३० भदौ । आगामी १२ असोज २०७६ देखि १७ कात्तिकसम्म उड्ने जहाजमा यात्रुले १० प्रतिशत छुट पाउने भएका छन् ।

वायुसेवा सञ्चालक संघ नेपाल ९आयोन०को आइतबार बसेको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छुट दिने निर्णय गरेको हो । आयोनका अनुसार जहाजको टिकट लिँदा ट्राभल एजेन्सी तथा अन्य माध्यमबाट छुट नपाइन सक्ने भएकाले काउन्टरबाटै टिकट काट्न आग्रह गरिएको हो,’ सदस्य प्रज्वल थापाले भने ।

पछिल्लो समय वायुसेवा कम्पनीहरुले निरन्तर जहाज थप गर्दै गएका कारण दशैं, तिहार तथा छठ पर्वसम्म पनि आवश्यकता अनुसार हवाई टिकट उपलब्ध हुने कम्पनीहरुको बताएका छन् ।