राजनीति

पेट्रोलियम र ग्यास पाइपलाइन : फेरि तीन योजना अघि बढ्दै



काठमाडौँ, ३१ भदौ । नेपाल आयल निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाहेक थप तीनको योजना अघि बढाएको छ ।

यसमध्ये दुई पेट्रोलियमको र एक एलपीजी (खाना पकाउने) ग्यासका पाइपलाइन छन् । नेपालमा खपत हुने पेट्रोलियम पदार्थको आन्तरिकरुपमा पाइपलाइनको सञ्जाल निगमले विस्तार गर्न लागेको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार यसमध्ये अमलेखगञ्जको क्षेत्रीय डिपोको पाइपलाइनमा जोडेर ६२ किलोमिटर टाढा रहेको चितवनको लोथरसम्म एउटा पेट्रोलियम पाइपलाइन ओछ्याइनेछ ।

पाइपलाइनसँगै रक्सौलको इण्डो–नेपाल बोर्डरदेखि चितवनको लोथरसम्म करिब ९८ किलोमिटरको रुटमा ग्यासको पाइप योजना पनि अघि बढाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।