काठमाडौँ, ३१ भदौ । भिआइपी व्यक्तिहरुको सवार हुँदा सडक खुल्ला गरी सर्वसाधारण जनताले दुःख पाएका छन् भनि आलोचना भइरहेको समयमा प्रदेश नं. ३ का मूख्यमन्त्री डोरमणी पौडेलको सवारमा भने फरक देखिएको छ ।
आज करिव १० बजेको समयमा जाउलाखेलदेखी पुतलिसडकसम्मको यात्राका सवालमा उहाँ सवार गाडीले नेपालको ट्राफिक नियमलाई पालना गर्दै सार्वजनिक यातायातको पछि पछि सवार भएको थियो । उहाँको सवार सामान्य सर्वसाधारणको जस्तै देखिएको छ ।

उहाँको सवारमा ट्राफिक नियम तथा यातायात व्यवस्था सम्बन्धी नियम कानुनलाई पालना गर्दै सवार हुनुले नेपालको कानुनी राज्यमा सवैलाई समानता रहेको महशुस गराएको छ । विगतका भिआइपीहरुको सवारमा सवारी जामले सर्वसाधारणले दुःख पाउने गरेको तितो यथार्थलाई तोड्दै मुख्यमन्त्री पौडेलेको सार्वजनिक यातायात झैं सडकमा गुड्नुलाई उदाहरणीय रुपमा लिन सकिन्छ । उहाँको यो सवारलाई देखेर कतिपय अहिले पनि भिआइपीको सवारका समयमा सडक खाली गर्ने प्रथाको अन्तय गर्न उहाँको सवारबाट सिक्न जरुरी देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्