राजनीति

‘शिखर राजनीतिक व्यक्तित्व वर्ष सम्मान २०७६’द्वारा सांसद बस्नेत सम्मानित



काठमाडौँ, ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ‘शिखर राजनैतिक व्यक्तित्व वर्ष सम्मान २०७६’द्वारा सम्मानित हुनुभएको छ ।

शिखर नेपालको आयोजनामा नेपालमा पहिलो पटक भएको राष्ट्रिय शिखर कृषक अवार्ड २०७६ द्वारा उहाँलाई राजनैतिक शिखर व्यक्तित्वको रुपमा सम्मान गरिएको हो । नेपालकै सवैभन्दा कलिलो उमेरमा वि.सं. २०५४ सालको स्थानीय चुनावमा भक्तपुर जिल्लाको गुण्डुबाट गाविस अध्यक्षमा निर्वाचित हुनुभएका सांसद बस्नेतले गाविस अध्यक्ष हुँदै तत्कालिन नेकपा एमाले निकट युवा संघ नेपालको अध्यक्ष हुँदै वर्तमान समयसम्ममा देशको लागि खेल्नुभएको भूमिका अतुलनिय रहेको बताउँदै उक्त सम्मान दिइएको हो । उहाँले युवा संघको अध्यक्ष हुँदा युवाहरुको विषयमा खेलेको भुमिका नै वर्तमान समयको युवाहरुको उपलब्धी तथा संस्थागत अधिकार स्थापित भएको हो । उहाँले उक्त समयमा संघलाई स्थापीत गर्दै युवाहरुको भाग्य र भविष्य निर्धारण गर्न आफ्नो ज्यानलाई समेत बाजी मार्दै तत्कालिन नेकपा माओवादीको शसस्त्र युद्धको विरुद्धमा समेत देशका धेरै ठाउँहरुमा आन्दोलन चलाउनुभएको थियो ।

हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने कुरालाई आत्मसात् गर्दै सांसद बस्नेतले देश र जनता प्रति गर्नुभएको अतुलनिय योगदान नै उहाँको व्यक्तित्व भएको बताइएको छ । उहाँको यही व्यक्तित्व कै कारण उहाँले पूर्वउद्योगमन्त्रीको समेत जिम्मेवारी सफलतापूर्व सम्पन्न गर्नुभएको छ । जुन समयमा उद्योग तथा कलकारखानामा रहेको विकृति तथा विसंगतिलाई अन्त्य गर्दै उद्योग तथा कलकारखानालाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढ्न सक्ने बनाउनुभएको थियो ।

वर्तमान समयमा भक्तपुर क्षेत्र नं. २ मा नेकपाको तर्फबाट विजयी हुनुभएका सांसद बस्नेतले छोटो समयमा नै भक्तपुरको मुहार नै परिवर्तन गर्नुभएको छ । निर्वाचनको समयमा जनतामाझ गर्नुभएका प्रतिवद्धताहरु करिव दुई वर्ष मै पुरा गरी अव जनताको चाहना, आवश्यकतालाई मध्यनजर गर्दै साना तथा ठूला आयोजनाहरु निर्माणाधिन अवस्थामा पुर्याउनुभएको छ ।

आगामी दिनमा आर्थिक अभावका कारण भक्तपुरको कुनै पनि विकास नरोकिने उद्घोषका साथ अघि बढ्नु भएका सांसद बस्नेतले भक्तपुरका जनताको तिव्र विकास प्रतिको चाहनालाई पुरा गर्दै आफ्नो कार्यकालभरमा समृद्ध भक्तपुर ः सुखी भक्तपुरका जनता बनाउने उद्घोषका साथ अघि बढिरहनुभएको छ ।

उहाँकै नेतृत्व तथा पहलमा भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु समेत अघि बढिसकेका छन् । जसमा स्मार्ट सिटी, आधुनिक सभागृह, सुरुङ मार्ग, राष्ट्रिय प्राणी उद्यान केन्द्र, रंगशाला, आधुनीक वीर अस्पताल, कवोर्ड हललगायतका ठूला आयोजनाहरु समेत निर्माणको प्रकृयामा अघि बढाउनुभएको छ । जसका कारण भक्तपुरका जनताको भाग्य र भविष्य समेत सुनिश्चित गराउँदै लैजानुभएको छ ।

भक्तपुरका जनताको मात्र नभई उपत्यकावासीको जीवनसँग जोडिएको हनुमन्ते कोरिडोरलाई इतिहासकै सवैभन्दा तिव्र, व्यवस्थित र प्रभावकारी ढंगले निर्माण उहाँकै नेतृत्वमा भइरहेको छ । उहाँले कोरिडोर निर्माणसँगै कोटेश्वर जडिवुटीको सवारी जामलाई दिर्घकालिन रुपमा समस्या समाधान गर्ने महत्वकांक्षि योजनालाई सफलता उन्मुख बनाउनुभएको छ ।

गरे सम्भव छ भन्ने कुरालाई प्रमाणीत गर्दै भक्तपुरका जनताको माग अनुसार सडक, खानेपानी, ढल, पुल, शिक्षा, स्वास्थ्य, यातायता, भौतिक संरचना, भुकम्पपछिको सवै प्रकारका पुनःनिर्माण, वातावरण स्वच्छता, पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनलगायतका क्षेत्रको विकास गर्दै भक्तपुरलाई आर्थिक तथा सामाजिक विकास गर्ने उहाँको लक्ष्य अनुसार भक्तपुर देशकै उदाहरणीय जिल्लाको रुपमा परिचय समेत स्थापित हुँदै गएको छ ।

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित सम्मान गरेका थिए । सो सम्मानबाट प्रदेश १ बाट विशाल राई (विशाल कृषि फर्म, विर्तामोड), प्रदेश २ बाट रामआशिष प्रसाद गुनियाँ (श्री कृषि फर्म सेन्टर पर्सा), प्रदेश ३ बाट नवराज आचार्य (वाग्मति गोट फिड्स प्रा.लि. धार्के धादिगं), प्रदेश ४ बाट घनश्याम तिमिल्सीना (हेम्जा गाई फर्म कास्की), प्रदेश ५ बाट दलबहादर खत्री (लेकाली व्यवसायिक बाख्रा पालन तथा दाना उद्योग प्युठान), प्रदेश ६ बाट डिल्लीबहादुर नाथ (डाफेँ भैसी पालन फर्म, रुकुम पश्चिम) र प्रदेश ७ बाट ठगुनुदेवी चौधरी (कार्प ह्याचरी, कैलाली)ले नगद १५/ १५ हजार रुपैयाँ र अर्वाड र सम्मानपत्रसहित फुलमालले सम्मानित गरिएको थियो ।

सोही अवसरमा बोल्दै यस्तै शिखर सम्मान २०७६ बाट चितवनका क्रियाशिल युवा पत्रकार नेपाल टेलिभिजन संवाददाता तथा सौराहा अनलाईन र नमस्ते बिहानी साप्ताहिकका प्रधानसम्पादक राजेन्द्र आचार्य, नागरिक सापताहिका फोटो पत्रकार तथा मेरो फिल्म डिजिटिल पत्रिकाका प्रधानसम्पादक श्रीधर पौडेल, भुवन चौहान, माया नेपाल, सरिता गौतम, कमल खत्री, अमृत मरहट्ठा, दिपा दाहाल, बबिता श्रेष्ठ र दिवाकर मान सिंह बस्न्यातलाई उपप्रधानमन्त्री पोख्रेरलले सम्मानपत्र फुलमालासहित सम्मान गरेका थिए ।

यस्तै शिखर व्याक्तित्व सम्मान २०७६ बाट ऋषि न्यौवान, देवीलाल शर्मा, विश्वमणी घिमिरे, स्वयम्भू कृष्ण श्रेष्ठ, डा। वंशी शर्मा, माधव राज खरेल, मञ्जु खाँड, ऋतुराज सापकोटा, हरि भण्डारी र गणेश प्रसाद सुवेदी समानित भएका थिए । यसैगरि शिखर रनर अवार्ड २०७६ बाट भिष्मराज फलारा, निशु झा, गंगा ढकाल, सुनिता वस्नेत, ठण्ड बहादुर अधिकारी र सिद्धार्थ वनस्थली ईन्टिच्यूट सममानित भए । भने शिखर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६बाट सुक बहादुर रोका, रमेश पौडेल, शान्तिप्रिय, डि।पी आत्रेय, जीतु नेपाल सम्मानित भए ।

यस्तै शिखर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट डा सुशिल भट्ट (सदस्य–राष्ट्रिय योजना आयोग), शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६बाट डा. योगेन्द्र कुमार कार्की (सचिव–भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश ३), शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६ बाट राम कुमारी चौधरी (राज्यमन्त्री–कृषि तथा पशुपंक्षि मन्त्रालय), शिखर ईन्करेजमेन्ट कृषक अवार्ड बाट अनन्त बहादुर खड्का, जनकल्याण सामाजिक विकाश अनुसन्धान केन्द्र नेपाल, ललितपुर र शिखर कर्मशिल कृषक अवार्डबाट सुकमाया तामाङ र चितवनकी लक्ष्मी राणा समेत समनित भएका थिए ।