समाचार

आजको मौसम



काठमाडौँ, ३१ भदौ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । एकैछिन मौसम खुले पनि एकैछिनमा बदली हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार बुधबार देशभरी सामान्य बदली रही मध्य र पूर्वी भूभागका धेरै ठाउँमा तथा पश्चिमका केही ठाउँमा चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका मध्य तथा पश्चिमी भेगका केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ । बुधबारको पनि मौसम यस्तै किसिमको रहने र बिहीबारदेखि मौसम सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।