समाचार

सिटिभिटिमा कर्मचारीहरुको धर्ना



भक्तपुर, ३१ भदौ । नारायण थापा । संगठनको संस्थागत हक हित र कर्मचमरीहरुको वृत्ति विकासको सवालमा व्यवस्थापनसंग मौखिक र लिखित माग राख्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् राष्ट्रिय कर्मचारी संगठनका कर्मचारीले ११ बुदेँ माग राखि आन्दोलनमा उत्रिएका छन् ।

आज उनिहरुले सिटिभिटि कार्यालयमा धर्ना दिएका छन् । राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष तेज बहादुर खत्रीले व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि हाम्रो मागहरुको सम्वोधन नभएकाले आन्दोलन नै गर्नुपरेको उहाँले बताउनुभयो । उहाँले परिषद् र व्यवस्थापनलाई बारम्बार ध्यानाकर्षण अल्टिमेटम दिएर विभिन्न चरणमा गरिएको छलफलमा हाम्रो जायज मागलाई पुरा नगरेकोले बाध्य भएर आन्दोनमा उत्रिएको उहाँले बताउनुभयो । चाडै नै हाम्रो माग पुरा नभए सिटिभिटि अन्तर्गतका ४७ वटा केन्द्रका ६ सय कर्मचारीका साथ थप आन्दोलनलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।

आन्दोलनमा संगठनका महासचिब नारायण सुवेदीले व्यवस्थानलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि हाम्रो जायज मागहरु पुरा गर्न आलटाल गरेकोले अझ आन्दोलनलाई ससक्त बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

पटकपटक हाम्रो मागहरु मौखिक रुपमा जाँदा समेत मागको सम्बोधन नभएपछि हामीले आगामी दिनमा आन्दोलनलाई देशव्यापी बनाउन तयारी गरिराखेको उहाँले बताउनुभयो । हाम्रो मागको सम्बोधन गर्न ढिलाई भएमा चरण बद्ध रुपमा आन्दोलनलाई प्रभावकारी बनाउने संगठनका उपाध्यक्ष सोस्थानी हमालले बताउनुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिब पुष्प रमण वाग्लेले सबै मागहरु जायज भएको बताउँदै केहि मागहरु पुरा भईसकेको र केहि मागहरु पुरा हुन बाँकी भएको उहाँले बताउनुभयो । उहाँले पुरा हुन बाकी मागहरु व्यवस्थापन समितिको छलफल पश्चात मात्र मागहरुको सम्बोधन हुने बताउनुभयो ।