विश्व

रिसाहा चरोबाट जोगिन खोज्दा एकजनाको मृत्यु



एजेन्सी, ३१ भदौ । अस्ट्रेलियामा एउटा रिसाहा चरोबाट जोगिन खोज्दा साइकलबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

शनिबार दक्षिणी सिड्नीमा उक्त रिसाहा चरो म्याग्पाई नामको चरोले आफूलाई झम्टिन आएपछि ती ७६ वर्षीय वृद्ध तर्किन खोजेका थिए । त्यही बेला उनको साइकल अनियन्त्रित भएर एउटा उद्यानको बारमा ठोकिन पुगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।  वसन्त ऋतुका बेला म्याग्पाईले मानिसलाई झम्टिने गर्छ । उक्त चराको आक्रमणमा परेर थुप्रै यात्रीहरु घाइते हुने गरेका छन् ।