काठमाडौँ, ३१ भदौ । काठमाडौँमा भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
आज बिहान बसुन्धारामा बा ११ च ७२४४ नम्बरको भ्यान र बा ४ प ५३१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा नुवाकोटको विदुर नगरपालिका घर भई हाल काठमाडौं कपन बस्ने २८ बर्षीय लाक्पा शेर्पा घाइते भएका छन् ।
उनको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ । दुवै सवारी साधन र भ्यान चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्