Banner News

प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना



काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान ट्वीटरमार्फत अंग्रेजी, हिन्दी र गुजराती भाषामा स्वास्थ्य, खुसी जीवन र दीर्घायुको कामना गर्दै प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन ।

सन १९५० सेप्टम्बर १७ मा गुजरातमा जन्मेका प्रधानमन्त्री मोदी आज ६९ वर्ष पुगेका छन ।