काठमाडौँ, ३१ भदौ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अराजकताले मुलुकलाई विघटनतिर लैजाने बताएका छन् ।
आज ललितपुरमा वनस्पति विभागद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘समाजमा असन्तुष्टि देखिएको छ, त्यसलाई बेलैमा व्यवस्थापन गरिएन भने अराजकता निम्त्याउँछ र अराजकताले मुलुकलाई विघटनतिर लैजान्छ ।’
जनताले सुशासन कायमहोस् भन्ने चाहेको र आफ्नो चाहना पूरा नहुँदा असन्तुष्टि बढेको बताउदै उनले भने, ‘सेवाग्राहीले आफ्नो काम सहज ढंगलेहोस्, बजारमा चल्ने सबै गैर(कानूनी क्रियाकलाप बन्दहोस् भन्ने चाहेका छन् ।’
उनले जनताले आफ्नो अपेक्षा अनुसारको नतिजा नपाउँदा समाजमा नकारात्मकता बढ्दै गएको बताए ।










प्रतिक्रिया दिनुहोस्